उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको मृत्यु
उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको मृत्यु
    • Bell Sanchar

    • १५ मंसिर २०८०, शुक्रबार

रसुवा,

उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

परीक्षणका लागि शव रसुवा अस्पताल पु¥याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित