जुम्लाको सिँजा क्षेत्रका गाउँहरु दिनमा सुनसान
जुम्लाको सिँजा क्षेत्रका गाउँहरु दिनमा सुनसान
    • उमेश बुढा

    • १५ मंसिर २०८०, शुक्रबार

जुम्ला ।

मंसिर र पुष यि दुई महिनामा जुम्लाको सिँजा क्षेत्रका गाउँहरु दिउँसो सुनसान देखिन्छन् ।

सिँजा क्षेत्रमा कनकासुन्दरी , सिँजा र हिमागाउँपालिका पर्छन् । यस क्षेत्रमा साना र ठुला गाउँहरु झण्डै १२० भन्दा माथि रहेका छन् ।

यो क्षेत्रका गाउँहरुमा मंसिर र पुषको महिना दिउँसो मानिसहरु गाउँमा हुँदैनन् । पुरुषहरु जम्मै व्यापार गर्न , काम गरेर पैसा कमाउन नेपाल र भारतका विभित्न्न ठाउँमा जाने गर्छन् ।

विद्यार्थी ट्युशन पढ्न र पढ्नको लागि दुई महिना तराई झर्छन् , केहि मानिसहरु सिचो छल्न , जुम्ला छोडेर तराईका जिल्लाहरुमा जाने गर्छन् ।

र महिलाहरु यो समयमा दिउँसो दाउरा स्याउला ल्याउन जङ्गलतिर जान्छन् । केहि मानिसहरु पशुचौपाया चराउन गोठाला तिर गएका हुन्छ् । भने केटाकेटी विद्यालयतिर जान्छन् , दुध खाने बच्चाबच्ची , वृद्धवृद्धा र असक्त व्यक्तिहरु मात्र गाउँमा हुन्छन् ।

यि दुई महिना निकै सुनसान हुन्छन् । विहान १० बजे देखि बेलुका लगभग ४ बजे सम्म गाउँ सुनसान हुन्छन् । यस समयको अगाडि पछाडि बल्ला गाउँमा मानिसको हलचल हुने गर्दछ ।

स्थानीय वृद्ध अमर बुढा भन्नु हुन्छ , अहिलेको १५ र २० वर्ष पहिला गाउँमा पुरुषको सङ्ख्या हुँदैन थियो । त्यति बेला मान्छेको मृत्यु भयो , भने बोकेर चिहान घाटमा लिएर जलाउने पुरुष हुदैनन् थिए ।

यसरी जुम्ला छोडेर दुई महिना विभिन्न कार्यको लागि अन्य ठाउँमा जानाले पनि गाउँमा मानिसको सङ्ख्या घट्दै गए पछि गाउँहरु सुनसान देखिएका हुन् । गाउँमा भएका मानिसहरु दिनमा वनपाखा , खेतवारीमा र अन्य ठाउँमा काम गर्न गएका हुन्छन् ।

साताकाे चर्चित
सम्बन्धित