जुम्लामा कुखुरा बिक्री नहुँदा व्यवसायी भट्ट चिन्तामा
जुम्लामा कुखुरा बिक्री नहुँदा व्यवसायी भट्ट चिन्तामा

फाेटाे फिचर

    • उमेश बुढा

    • १४ माघ २०८०, आईतवार

जुम्ला ।

कनकासुन्दरी गाउँपालिकामा रहेको कवि एण्ड निखिल पशुपंक्षी पालन उद्योगका गोरक भट्ट कुखुरा विक्रि वितरण नहुँदा चिन्तित भएका छन् ।

विगत ६ वर्ष यताबाट कुखुरा पालन गर्दै आएका भट्ट पछिल्लो समयमा कुखुरा उद्योगमै थन्किए पछि चिन्तामा परेका छन् । उनको उद्योगमा अहिले लोकल कुखुरा , ब्रोइलर कुखुरा , हाँस , टर्की , बटाई लगायतका पंक्षी उद्योगमा थन्किए पछि दाना कसरी किनेर खुवाउने र हालेको मुल्य नउठे पछि चिन्तामा भएको भट्टले बताए ।

उनका अनुसार अहिले कुखुरा मात्र ६ सयभन्दा बढी उद्योगमा छन् । किने मान्छे कोहि पनि आउँदैनन् । उत्पादन गरेर पनि खपतमा नगए पछि कसरि व्यवसाय गरेर जीविका चलाउने हो । धेरै मिहिनेत परिश्रम गरेर चल्लाबाट ठुला बनाएर पनि यो ठाउँमा बिक्रि वितरण नभए पछि व्यवसायको कुनै अर्थ रहेन ।

कुखुरा बिक्री नहुँदा दाना मात्र किनेर खुवाउने काम भएको छ । उत्पादन गरेको वस्तु बजार व्यवस्थापन नहँदा उद्योगमै थन्किएका छन् । साना चल्ला दाङ , नेपागंजबाट ल्याएर व्यवसाय गरेर यहाँ किने मान्छे भेटिएका छैनन् ।

साताकाे चर्चित
सम्बन्धित