गुलशन झाले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध पहिलो सफलता
गुलशन झाले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध पहिलो सफलता
    • Bell Sanchar

    • १९ माघ २०८०, शुक्रबार

 काठमाडौं ।

नेपालका तीव्र गतिका बलर गुलशन झाले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध पहिलो सफलता दिलाएका छन् ।

गुल्शनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए ।

बायाँ हाते आदर्श लेग साइडको बल खेल्ने धुनमा एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराए । उनले १८ बलमा ४ चौका प्रहार गरे ।

टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ५ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको छ । ओपनर अर्शिन कुलकर्णी ५ र प्रियान्शु मोलिया क्रिजमा छन् ।

साताकाे चर्चित
सम्बन्धित