नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध दोस्रो सफलता
नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध दोस्रो सफलता
    • Bell Sanchar

    • १९ माघ २०८०, शुक्रबार

 काठमाडौं  ।

नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध दोस्रो सफलता हात पारेको छ । नेपालले दोस्रो विकेटको रुपमा प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको हो । चौथो रन लिनेक्रममा उनी रन आउट भएका थिए ।

दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गदैै चौका रोक्दै आकाश चन्दलाई बल थ्रो गरेका थिए । उक्तक्रममा उनी रन आउट भए । टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १३.२ ओभरमा २ विकेट गुमाउँदै ६१ रन बनाएको छ । भारतका आर्शिन कुलकर्णी २९ बलमा २ चौकासहित १८ रनमा नट आउट छन् ।

नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर गुलशन झाले दिलाएका थिए । गुलशनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए । बायाँ हाते आदर्श लेग साइडको बल खेल्ने धुनमा एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराए । उनले १८ बलमा ४ चौका प्रहार गरे ।

पछिल्लो खेलमा बंगलादेशविरुद्ध खेलेका ओपनर विपिन रावल, आकाश त्रिपाठी र फिनिसर दीपक बोहरा आज टोलीमा छैनन् । नेपालले आज विकेटकिपर उत्तम थापामगर, दीपक डुम्रे र दीपक बोहरालाई मौका दिएको छ ।

साताकाे चर्चित
सम्बन्धित