नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू
नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू
    • Bell Sanchar

    • १९ माघ २०८०, शुक्रबार

काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक सुरू भएको हो ।

बैठकमा कांग्रेसका पदाधिकारीहरू उपस्थित भएका छन् । सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने उनले बताए ।

बजेट अधिवेशनसमेत भनिने हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित