सिँजा गा.पा. का १३० जेष्ठ नागरिक न्यानो कपडा पाउँदा खुसी
सिँजा गा.पा. का १३० जेष्ठ नागरिक न्यानो कपडा पाउँदा खुसी
    • उमेश बुढा

    • १९ माघ २०८०, शुक्रबार

जुम्ला ।

सिँजा गाउँपालिका वडा नम्बर ३ का १ सय तीसजना जेष्ठ नागरिकले न्यानो कपडा पाउँदा खुसी भएका छन् ।

जेष्ठ नागरिक लक्षित सम्मान कार्यक्रम वडा नम्बर ३ को कार्यालयमा सिँजा गाउँपालिका कार्यपालिका सदस्य हरिचन्द सार्कीले उद्घाटन गर्नु भएको थियो ।

आर्थिक वर्ष २०८० र ०८१ को १ लाख पचास हजारको बजेटले १ सय तीसजना जेष्ठ नागरिकलाई न्यानो पार्नको लागि ताबेल र जकेट वितरण गरेको सोही वडा सचिव धन वहादुर रावतले जानकारी दिनु भयो

माघ महिनाको जाडोमा न्यानो राख्नको लागि वडा सरकारले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा दिए पछि जेष्ठ नागरिकहरु खुसी भएको बताउछन् ।

जेष्ठ नागरिक ६८ वर्षदेखि माथिकालाई दिएको छ । यस वडामा धितालिही , फार्सेवाडा , नराकोट , तल्लो गोठी , पिगी र छानीगाड गाउँका जेष्ठ नागरिकहरुलाई वितरण गरिएको हो ।

सो कार्यक्रमको सभा अध्यक्ष भने वडा ३ कि कार्यवाहक अध्यक्ष लक्ष्मीकन्या धिताल रहनु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित