सिँजा ५ का दलित समुदायमा भाँडा वितरण
सिँजा ५ का दलित समुदायमा भाँडा वितरण
    • उमेश बुढा

    • २३ माघ २०८०, मंगलवार

 जुम्ला ।

सिँजा गाउँपालिका वडा नम्बर ५ का दलित समुदायलाई भाँडाकुँडा वितरण गरिएको छ ।

आर्थिक वर्ष २०८० र ०८१ को बजेटले वडा नम्बर ५ गोरा गाउँका लगभग ७० घरधुरीका दलित वर्गलाई वडा ५ ले वितरण गरेको होे ।

दलित लक्षित सम्मान कार्यक्रममा ४ वटा डिङ्ची , स्टिल थाल १ सय , कुकर १ वटा, बाल्टिन २ वटा, कितली २ वटा, बाटा २ वटा , जग्ग २ वटा र डाडुपनिउँ एक एक वटा भाँडाकुडा दिएर सम्मान गरिको सचिव मदनसिंह खत्रीले जानकारी दिनु भयो ।

उनका अनुसार आर्थिक वर्ष २०८० र ०८१ को विनियोजित बजेट १ लाखले लक्षित वर्ग दलित समुदायलाई राम्रो नराम्रो कार्यमा ठुला भाँडाकुँडा आवश्यक भएकोले वितरण गरेको सचिव खत्रीले बताए ।

भोज भतेर , विवाह वर्त , चाडपर्व , काजकिरिया लगायतका कार्यमा सहज पार्नको लागि यि भाँडाकुँडा दलित समुदायलाई दिएको वडा नम्बर ५ कार्यवाहक अध्यक्ष ललिता बुढाले बताउनु भयो ।

पछिलो समयमा गाउँ ठाउँमा साझा भाँडाकुँडा नहुँदा र ठुला भोजभतेरमा चाहिने भाँडा नभएर गोरा गाउँ समस्या भएको थियो ।

अहिले वडा सरकारले दलित समुदायमा भाँडाकुँडा दिदा निकै खुसी भएका छौं, राजु दमाईले बताइन् ।

सोमवारका दिने उक्त कार्यक्रमसँगै जेष्ठनागरिक लक्षित कार्यक्रम पनि भएको थियो । सो कार्यक्रममा १०९ जना जेष्ठनागरिक मध्ये केहि व्यक्तिलाई थर्मस दिएर समान गरिएको छ भने बाँकी छुटफुट रहेकाले पनि थर्मस पाउनु हुनेछ सचिव खत्रीले बताए ।

उक्त आर्थिक वर्षको विनियोजित रकम १ लाख ३५ हजारले थर्मस खरिद गरेर वडा कार्यालय फोइचौरबाट जेष्ठनागरिकलाई समान गरिएको हो ।

जेष्ठनागरिकहरुलाई तातोपानी खाने मन जतिखेर लाग्छ त्यति बेला तातोपानी खान सहज होस भन्ने उद्श्यले थर्मस दिएकोे कार्यवाहक अध्यक्ष बुढाले बताइन् ।

सिँजा गाउँपालिका वडा नम्बर ५ का लक्षित वर्ग जेष्ठ नागरिक र दलित समुदायलाई विभिन्न सामाग्री दिएर वडा सरकारले सम्मान गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित