मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ : नेता सिंह   
मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ : नेता सिंह   
    • Bell Sanchar

    • २३ माघ २०८०, मंगलवार

काठमाडौँ

नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताउनुभएको छ ।

छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले विस २०४६ सालको परिवर्तनपछि नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनुभएको हो ।

“स्वास्थ्य क्षेत्रमा केहीपनि भएको छैन भन्न मिल्दैन, विस्तारै सुधार गएको र छ थप सुधार हुँदै जानेछ”, उहाँले भन्नुभयो ।

उहाँले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताल स्थापनाका लागि तत्कालिन मन्त्री स्वर्गीय गणेशमान सिंह र क्षेत्रपाटी क्षेत्रका जनताको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो ।

छत्रपाटी चिकित्सालको जमिन तत्कालिन नगरपालिकासँग कुरा गरेर सरकारले चिकित्सालयलाई उपलब्ध गराउन गणेशमान सिंहको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । उक्त चिकित्सालयले क्षेत्रपाटी क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवम् वडा नं १७ का अध्यक्ष नविन मानन्धरले चिकित्सालयको विकासमा महानगरले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सो चिकित्सालयमा पाँच र दश वर्ष अनवरतरुपमा सेवा प्रदान गर्ने कर्मचारी र सेवानिवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित