धिताललिहीमा विद्युतको तार सट हुँदा एक घर आगलागी
धिताललिहीमा विद्युतको तार सट हुँदा एक घर आगलागी
    • उमेश बुढा

    • २५ माघ २०८०, बिहीबार

जुम्ला ।

सिँजा गाउँपालिका वडा नम्बर ३ धिताललिही मा विद्युतको तार सट भएर एक घर आगलागी भएको छ ।

सोही गाउँको सानी खोला लघुजविद्युत आयोजनाबाट ल्याएको तार घरमा सट भएर आगलागी भएको हो ।

काठ, ढुङ्गा , सिमेटले बनेको तीन तलाको १५ कोठे घरमा आगलागी भएर ८ कोठा चलेका छन् । घरको बाहिरी भाग हेर्दा जलेको छैन । भित्री भाग भने जलेको छ ।

कबोल ९, गलैँचा ९, राडी ६, लिउ २, पछौरी सल १६, तामाग्राी १२, धान ७ बोरा, गहुँ ५ बोरा, कोदो ३ बोरो, जौँ २ बोरा, सिमी ३ बोरो, चामल २ बोरा, विज २ वटा, तिलहरी १ सिक्री १ मंगलसुत्र १, रिङ्ग १, र चाँदिवाला १ जोडीको सामान जलेको घर मालिक सन्तके रोकायाले जानकारी दिनु भयो ।

उनका अनुसार घर भित्र भएको भाँडाकुँडा, अन्न र लत्ताकपडा जलेर नष्ट भएको छ।

आगलागी बेलुका ५ बजेतिर भएर लगभग साढे ६ बजेसम्म लागेको थियो । आगो भने स्थानीय वासीले निभाएका छन् । सोही घटनामा प्रहरी चौकी नराकोट पनि पुगेको थियो प्रहरी र स्थानीयले आगो नियन्त्रण गरेका छन् ।

सोहि घटनाको विस्तृत जानकारी अझै पाउनको लागि प्रहरी चौकीमा निवेदन आए पछि प्रहरी मुचुल्का गरिने नराकोट प्रहरी चौकीका इन्चार्ज बिष्नु श्रेष्ठले बताउनु भयो ।

 

साताकाे चर्चित
सम्बन्धित