सिँजामा ६ वटा वडामा निमित्त एकजना सचिव
सिँजामा ६ वटा वडामा निमित्त एकजना सचिव
    • उमेश बुढा

    • २६ माघ २०८०, शुक्रबार

 

जुम्ला ।

सिँजा गाउँपालिका वडा नम्बर १ देखि ६ सम्म वडामा एक जना निमित्त सचिव रहेका छन् ।

यस पालिकामा जम्मा ६ वटा वडा रहेका छन् । जसमा पछिलो समयमा निमित्त धन वहादुर रावतले काम गर्दै आएका छन् ।

उनि वडा नम्बर ३ का सचिव हुन तर अहिले अन्य वडाका सचिव कामकाज र घर विदाको लागि गए पछि निमित्त भएर रावतले पञ्जिकरणको काम गरिरहेका छन् ।

यसरी एकजना सचिवले ६ वटा वडाको काम गर्दा भार पर्ने र सेवाग्राहीहरुले भने जस्तो सेवा पाउन सकेका छैनन् । एक वडामा एक सचिव हुँदा त जनताले सचिवलाई खोजेर सेवा लिनु पर्ने हुन्छ भने कसरी सिँजाका सबै वडा रावतले चलाउन सक्छन् ।
प्रत्येक वडाका कार्यालय सहयोगीले वडामा भएका पञ्जिका सम्बन्धि गर्न नसकेका काम वडामै पुगेर गरेको छु , रावतले भने , सिँजा गाउँपालिकाको नराकोट बजार वा वडा नम्बर ३ को कार्यालय सबै वडाको बिचमा पाएक पर्छ र सेवाग्राहीहरु मेरो वडामा आएर सेवा लिइरहेका छन ।

अबको ३, ४ दिनभित्र सबै वडाका सचिव आ( आफ्नो वडामा आइ पुग्ने सिँजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीले बताउनु भयो ।

यसरी सबै सचिवले एक जनालाई निमित्त दिएर गए पछि अहिले वडामा सचिव छैनन् । सचिव वडामा नहुँदा सेवाग्राहीले नराकोट बजारमा रहेको ३ नम्बर वडा कार्यालयका सचिव कहाँ पुगेर सेवा लिएका छन् ।

रावत कहिले १ नम्बर वडा जाँच धाउँछन् त कहिले ६ नम्बर वडा दाँत पुग्छन् यसरी सेवा रावतले दिइरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित