बागमती प्रदेश : संसद् अधिवेशन बोलाउन एमालेको माग   
बागमती प्रदेश : संसद् अधिवेशन बोलाउन एमालेको माग   
    • Bell Sanchar

    • २६ माघ २०८०, शुक्रबार

मकवानपुर

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गर्नुभएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक बोलाउन माग गर्नुभएको हो । उहाँले बैठक नबोलाएकोमा सरकारप्रति शङ्का लागेको बताउनुभयो । प्रदेश सरकारले सीमित व्यक्ति र क्षेत्रमा बजेट किताबमा समावेश नभएका योजनामा बजेट विनियोजन गर्ने काम गरिरहेको नेता थपलियाको आरोप थियो ।

सरकारले माघ महिनाको अन्त्यसम्ममा समेत संसद् अधिवेशन आह्वान नगरे २५ प्रतिशत सांसदको हस्ताक्षर सङ्कलन गरी बैठक आह्वान गर्न दबाब दिने नेता थपलियाले पत्रकार सम्मेलनमा बताउनुभयो । विपक्षी दलले दिएको सुझाव र सम्झौता सरकारले कार्यान्वयन नगरे अन्य कदम चाल्ने नेता थपलियाको भनाइ रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित