प्रदेश प्रमुख परियारद्वारा ल्होछारको शुभकामना 
प्रदेश प्रमुख परियारद्वारा ल्होछारको शुभकामना 
    • Bell Sanchar

    • २७ माघ २०८०, शनिबार

कर्णाली

कर्णाली प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको महत्त्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले सोनाम ल्होछार (नयाँ वर्ष)का अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सबै नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको हो ।

सन्देशमार्फत उहाँले भन्नुभएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता बोकेको राष्ट्र हो । हामीसँग विविधताबीचको एकता, सामाजिक, सहिष्णुता, सद्भाव र सांस्कृतिक ऐक्यबद्धता छ । यसको संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्नु हामी सबैको दायित्व हो ।”

प्रदेश प्रमुख परियारले सोनाम ल्होछार आर्थिक समानता, समृद्धि र सामाजिक रुपान्तरण गर्न, समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणमा सहयोग पु¥याउन एवं मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित