आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
    • Bell Sanchar

    • २८ माघ २०८०, आईतवार

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दैछ । बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्नेसो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार बैठक आज र सोमवार दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।

समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि शुरू भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।

बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित