काठमाडौं ।
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरुलाई ‘सर्टलिस्ट’ मा पारिएको भन्दै आपत्ति जनाएकी छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले त्रिवि उपकुलपति सर्च कमिटीले पहिले नै परीक्षण भइसकेका व्यक्तिलाई ‘सर्टलिस्ट’ मा पारिएकामा असन्तुष्टि जनाएकी हुन् ।
‘प्रधानमन्त्रीलाई मेरो एउटै प्रश्न छ, राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर संकल्प गर्दै गर्दाखेरि टेस्टेड र फेल भएका अनुहारहरुलाई फेरि विश्वविद्यालयमा ल्याउन छानेको हो त्यो समितिले ? फेल भइसकेका मान्छेहरुलाई फेरि किन ल्याएको ? कहिले बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारबाट मुद्दा चलेका मान्छेहरुलाई किन ल्याएको विश्वविद्यालयको छनौटमा ?’ उनले प्रश्न गरिन् ।