हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा कार्की निर्वाचित   
हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा कार्की निर्वाचित   
    • Bell Sanchar

    • २९ माघ २०८०, सोमबार

सिन्धुपाल्चोक ।    

नेपाल हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा रामहरि कार्की निर्वाचित हुनुभएको छ । सङ्घको २४औँ वार्षिक साधरणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा कार्कीले ४३४ मत ल्याउनुभएको थियो ।

अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडी पार्दै कार्की निर्वाचित हुनुभएको हो । दुई वरिष्ठ उपाध्यक्षमा गङ्गाबहादुर घिमिरे (सागर) ले ४४२ मत र रामचन्द्र पराजुलीले ४४३ मत ल्याई निर्वाचित हुनुभएको छ । यस्तै सचिव पदका लागि पाँच जनाको उम्मेद्वारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सदस्यलगायत अन्य पदाधिकारी यसअघि नै सर्वसम्मत भइसकेका छन् । आइतबार सर्वसम्मत हुन नसकेका अध्यक्षलगायत पदाधिकारीको भने निर्वाचन भएको हो ।

साताकाे चर्चित
सम्बन्धित