प्रधानमन्त्री प्रचण्डद्वारा क्रिकेट टोलीलाई बधाई   
     प्रधानमन्त्री प्रचण्डद्वारा क्रिकेट टोलीलाई बधाई   
    • Bell Sanchar

    • २९ माघ २०८०, सोमबार

काठमाडौँ,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । नेपालले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेपछि उहाँले टोलीलाई बधाई दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमासमेत उत्कृष्ट जित हात पार्दै क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खलामा क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्यानडाविरुद्धको शृङ्खलाको अन्तिम खेलमा नेपाल नौ विकेटले विजयी भएको छ ।

साताकाे चर्चित
सम्बन्धित