अध्यक्ष दाहाल : परिवर्तनकारीहरु गोलबन्द हुने बेला आएको छ
अध्यक्ष दाहाल : परिवर्तनकारीहरु गोलबन्द हुने बेला आएको छ
    • Bell Sanchar

    • १ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् ।

२९औं जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै उनले परिवर्तनकारीहरुको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताएका हुन् ।

विगतमा माओवादी आन्दोलनमा रहेकाहरुबीच संस्थागतरुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै उनले योसँगसँगै व्यक्तिगतरुपमा पनि क्रान्तिकारीहरु ध्रुवीकृत भइरहेको बताए ।

जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रवीकरणमा सामेल हुनुपर्नेमा पनि उनले जोड दिए ।

साताकाे चर्चित
सम्बन्धित