प्रधानमन्त्री प्रचण्ड : लघुवित्त र सहकारीपीडितलाई न्याय दिन म सक्रिय छु
  प्रधानमन्त्री प्रचण्ड : लघुवित्त र सहकारीपीडितलाई न्याय दिन म सक्रिय छु
    • Bell Sanchar

    • १ फाल्गुन २०८०, मंगलवार

काठमाडौँ,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका नेपालीलाई न्याय दिन आफँै सक्रिय भइरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।

भेटमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौँ बचतकर्ता ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ । तपाईहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो चाँडो टुङ्ग्याउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो ।”

साताकाे चर्चित
सम्बन्धित