सिँजाकी २५० जना महिलाले पाठेघरको चेकजाँच गरिन
सिँजाकी २५० जना महिलाले पाठेघरको चेकजाँच गरिन
    • उमेश बुढा

    • ९ फाल्गुन २०८०, बुधबार

 जुम्ला

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको समन्वय , सिँजा गाउँपालिका स्वास्थ्य शाखा आयोजना, कास पेस नेपालको आर्थिक सहयोगमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पाठेघर तथा स्तन क्यान्सर सम्वन्धी फागुन ८ र ९ गते दुई दिने निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन भएको थियो ।

२५० जना महिलाको स्वास्थ्य परिक्षण, १४० जना पाठेघर क्यान्सरको चेकजाँच, ५ जना पाठेघरको रिङ राखेको, ३ जना अप्रेसन गर्नु पर्ने, ५ जना क्यानसरको पोजेटिप संङ्खा लागेको र ३ जना महिलाको पाठेघरको संक्रमण देखिएको सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रहरी ललित रोकायाले जानकारी दिनु भयो ।

दुर्गम दुर दराजकी महिलाहरुले स्वास्थ्यलाई ख्याल नगरि धेरै गरुँगो भारी बोक्ने र महिनावारी र सुत्केरी अवस्थामा सुरक्षित नभएको कारणले पाठेघरको समस्या देखिने सङ्का भए पछि सिँजा गाउँपालिका स्वास्थ्य शाखाले महिलाहरुका लागि स्तन र पाठेघर सम्बन्धि शिविरको आयोजना गरेको प्रमुख रोकायाले बताए ।

दुई दिने शिविर घर नजिकै चल्दा हामीले निशुल्क रुपमा उपचार गर्न पाउँदा निकै खुसी भएकी छु । सृजना परियाले भनिन , जुम्ला, सुर्खेत, नेपालगन्ज काठमाडौं लगायतका ठाउँमा गएर पाठेघरको उपचार गर्न जाँदा धेरै आर्थिक खर्चसँगै दुस् ख भोक्नु परेको थियो । निशुल्क र घर नजिकै सेवा लिन पाउँदा खुसी भएको परियारले बताइन् ।

दुई दिने शिविर मात्र नभएर वर्ष वर्षमा पटक पटक महिलाहरुका लागि स्तनपान र पाठेघर सम्बन्धि शिविर हुनु पर्ने महिलाहरुको गुनासो रहेको छ ।

महिलाहरुका लागि नराकोट स्वास्थ्य चौकीमा विषशज्ञ डाक्टर माग गरेर महिलालाई गुणस्तरीय स्तन र पाठेघरको चेकजाँच गराएका छन् ।

नराकोट स्वास्थ्य चौकीले प्राविधिक रुपमा दुई दिन सम्म भौतिक रुपमा सहयोग गरेको थियो । र उक्त स्वास्थ्य चौकीका कर्मचारी पनि शिविरमा खटिएका थिए ।

साताकाे चर्चित
सम्बन्धित