चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल
 चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल
    • Bell Sanchar

    • ११ फाल्गुन २०८०, शुक्रबार

भोजपुर, 

चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो ।

प्रतियोगितामा साल्पासिलिछो गाउँपालिकाले छ स्वर्ण, छ रजत र एक कास्य पदकसहित दोस्रो भएको छभने भोजपुर नगरपालिका पाँच स्वर्ण, सात रजत र आठ कास्यसहित तेस्रो भएको छ । त्यसैगरी, पाँच स्वर्ण, तीन रजत र चार कास्यसहित षडानन्द नगरपालिका चौथो भएको छ । गत वर्षको विजेता अरुण गाउँपालिकाले भने यस वर्ष तीन स्वर्ण, एक रजत र छ कास्य पदकमा चित्त बुझाएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा षडानन्द नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताका विजेता पालिकालाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राईलगायतले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित