मुगुको कवामा चमत्कारमय भवन बन्यो
मुगुको कवामा चमत्कारमय भवन बन्यो
    • उमेश बुढा

    • ११ फाल्गुन २०८०, शुक्रबार

मुगु ।

दुर्गम हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिका वडा नम्बर ५ मा रहेको बालशिक्षा माध्यमिक विद्यालयमा चमत्कारमय भवन बनेको छ ।

ब्याक टु लाइफ ईभीको आर्थिक सहयोग र हेरेन्डेक नेपाल मुगुको प्राविधिक सहयोगमा यो भवन बनेको हो । सो भवनको उद्घाटन खत्याड गाउँपालिका कार्यवाहक अध्यक्ष भरत वहादुर शाहीले गर्नु भएको छ ।

२ तला, ८ कोठे पक्की भवनको उद्घाटन शाहीले गरेर संस्थाले विद्यायल व्यवस्थापन समिति समक्ष हस्तान्तरण गरेका छन् ।

गतसालको पुष महिनाबाट भवन निर्माण कार्य सुरु गरेर यहि पुष निर्माण कार्य सम्पन्न भएको थियो । उक्त भवनको फागुन ११ गते शुक्रबारका दिन एक औपचारिक कार्यक्रम गरेर उद्घाटन वा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक वहादुर रोकायाले बताउनु भयो ।

अनुदान र श्रमदान गरेर १ करोड ६५ लाख लागतले पक्की भवन भनेको रोकायाले भने,  विद्यालयमा विद्यार्थीलाई पठनपाठन गर्न पर्याप्त मात्रामा कक्षाकोठाको अभाव थियो । अहिले यो संस्थाले पक्की भवन बनाए पछि अब विद्यार्थीलाई कक्षा कोठामा पटन पाठन गर्न केहि सहज हुने भएको छ । यसरी भवन निर्माण बनाउने संस्थालाई विद्यालयको तर्फबाट शुभकामना, धन्यवाद व्यक्त रोकायाले गर्नु भएको थियो ।

यो विद्यालयमा करिव ४ सय विद्यार्थी रहेका छन् । कोटिला, खमाले, लमेरा, चाकपाडे, भागोटी र कवा गाउँका विद्यार्थी पठनपाठन गर्न आउछन् । दुर्गम विकट बस्तीमा यति राम्रो पक्की भवन बनेको देख्दा अभिभावक निकै खुसी देखिन्छन् ।

अझै यहाँका विद्यार्थी टिनको टहरामै पठनपाठन गरिरहेका छन् । यो भवन बने पछि केहि मात्रामा विद्यार्थीलाई बस्न पुग्ने छ । भने अझै केहि कक्षाका विद्यार्थीलाई टिनको टहरा र कच्ची भवनमा बस्नु पर्ने छ ।

सो संस्थाका अध्यक्ष वा उद्घाटन र हस्तान्तरण कार्यक्रमका सभाअध्यक्ष जग वहादुर कार्की रहनु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित