आठौं आरबिबि-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप चैत ३ देखि १० गतेसम्म हुने
आठौं आरबिबि-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप चैत ३ देखि १० गतेसम्म हुने
    • Bell Sanchar

    • १४ फाल्गुन २०८०, सोमबार

काठमाडौं ।

आठौं आरबिबि-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप चैत ३ देखि १० गतेसम्म हुने भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिताका खेल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल त्रिपुरेश्वरमा हुने छन् ।

च्याम्पियनसीप पुरुषतर्फ १२ टिम र महिलातर्फ ९ टिमको सहभगिता रहने संघले पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा पहिलो हुनेले ५ लाख, दोस्रो हुनेले साढे २ लाख र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ४०/४० हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार रुपैयाँ नगद पुरस्कार पाउने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।

संघका महासचिव रोशन श्रेष्ठका अनुसार प्रतियोगिता सम्पन्न गर्न अनुमानित ५५ लाख खर्च लाग्ने छ भने प्रतियोगिगताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकले १८ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

बाँकी रकम जुटाउन संघले अहिले पनि विभिन्न संघ संस्थासंग सहकार्य गर्ने प्रयत्न गरिहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

साताकाे चर्चित
सम्बन्धित