अदानचुलीको पाम्समा गाडी दुर्घटना दुईको मृत्यु पाँच घाइते   
     अदानचुलीको पाम्समा गाडी दुर्घटना दुईको मृत्यु पाँच घाइते   
    • Bell Sanchar

    • १० चैत्र २०८०, शनिबार

 हुम्ला,

हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिनुभयो ।

सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उहाँका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ ।

दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित