सिँजा र कनकासुन्दरीमा ६५ जना पुरुषले गरे बन्ध्याकरण
सिँजा र कनकासुन्दरीमा ६५ जना पुरुषले गरे बन्ध्याकरण
    • उमेश बुढा

    • १० चैत्र २०८०, शनिबार

जुम्ला ।

सन्तानको रहर पुगिसकेका पुरुषले सिँजा र कनकासुन्दरीका ६५ जनाले बन्ध्याकरण गरेका छन् ।

सिँजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा चैत ८ गतेका दिन शिविर सञ्चालन भएको हो । भने कनकासुन्दरीको हाटसिँजा स्वास्थ्य चौकीमा चैत ७ र ८ गते सञ्चालन भएको थियो ।

क्याड नेपाल जुम्ला र जनस्वास्थ्य कार्यालय जुम्लाको सहजिकरण र दुबै पालिका स्वास्थ्य शाखाको आयोजनामा बन्ध्याकरण शिबिर सम्पन्न भएको छ ।

नराकोट स्वास्थ्य चौकीमा १८ जना पुरुषले बन्ध्याकरण गरेको इन्चार्ज जगत जिसीले जानकारी दिनु भयो । औपचारिक रुपमा कार्यक्रम भएर उद्घाटन नभएको पनि जिसीले बताए ।

त्यस्तै गरि कनकासुन्दरीको हाटसिँजा स्वास्थ्य चौकीमा चैत ७ गते २५जनाको बन्ध्याकरण गरेको र बन्ध्याकरण गर्नेहरुको सङ्ख्या धेरै नाम दर्ता भएकोले उक्त शिविर भोली पुन सञ्चालन भएको पनि कनकासुन्दरी स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक विरेन्द्र प्रसाद उपाध्यायले बताउनु भयो ।
हाटसिँजा स्वास्थ्य चौकीमा जम्मा ४७ जना पुरुषले बन्ध्याकरण गरेको उपाध्यायले भने , इम्पलायन्ट राख्ने ६ जना र झिक्के ४ जना महिला रहेकी थिइन् ।

बन्ध्याकरणले एका तर्फ जनसंख्या घटाउँछ । भने अर्को तर्फ साना सुखी परिवार बनाउँछ । पछिल्लो समयमा सन्तान ३ भन्दा बढी गरेको देखिदैन । परापुर्खामा एक जोडी दम्पतीले ५ सन्तान भन्दा बढी छोराछोरी जन्माएका हुन्थ्ये । अहिलेका परिस्थितिमा छोराछोरी धेरै जन्माउँदा पालनपोषण गर्न , शिक्षा दिन सकिदैन भनेर पनि धेरै जनाले बन्ध्याकरण गर्ने गर्छन् ।

साताकाे चर्चित
सम्बन्धित