गीतकार रेग्मीको मर्मस्पर्शी गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक
गीतकार रेग्मीको मर्मस्पर्शी गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक
    • Bell Sanchar

    • १८ चैत्र २०८०, आईतवार

 काठमाडौं ।

गीतकार नारायण रेग्मीको निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक भएको छ । नेपाली साँगितिक वजारमा पछिल्लो समय मिठा मिठा गीत पस्कंदै आएका रेग्मीको ग्रेटर नेपाल सम्बन्धि ‘‘पुर्वको तिष्ठा पनि हामीलाई चाहियो, पश्चिमको काँगडा नि हामीलाई चाहियो‘‘ गीत छाँयाकंनको तयारीमा रहेको छ भने ‘‘नदेखेको भए तिमीलाई’’ रेकर्डिङको अन्तिम तयारीमा रहेको छ ।

प्रसिद्ध गायक स्वरुपराज आचार्य र गायिका अन्जु पन्तको स्वर लक्ष्मण पोखरेलको सङ्गीत रहेको उक्त गीतमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाको अभिनय छ । चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अविदित फाउन्डेसनले प्रस्तुत गरेको छ । ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अशोक थापाको सङ्गीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ छ । मुकेश हुमागाईको छायाङ्कन, राहुल बराइलीको कोरियोग्राफ विनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ छ ।

साताकाे चर्चित
सम्बन्धित