प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु   
     प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु   
    • Bell Sanchar

    • १९ चैत्र २०८०, सोमबार

काठमाडौँ,

प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित