मस्यौदा संविधानको मूल गति र भावना अनुरुप नै छ : अर्थमन्त्री पुन   
मस्यौदा संविधानको मूल गति र भावना अनुरुप नै छ : अर्थमन्त्री पुन   
    • Bell Sanchar

    • २० चैत्र २०८०, मंगलवार

काठमाडौँ,

अर्थमन्त्री वर्षमान पुनले विश्व व्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनै निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित ऐन संशोधन गर्न लागिएको जानकारी दिनुभयो ।

अर्थमन्त्री पुनले भन्नुभयो, “प्रस्तावित विधेयक संविधानसँग बाझिएको छैन, संविधानको मूल गति र भावनाअनुरुप नै छ । ऐनमा प्रयोग गरिने शब्द सकेसम्म नेपाली मौलिक भाषासँग तालमेल मिलाइने छ ।”

समितिका सभापति जयन्ती राईले अर्थतन्त्रका क्षेत्रमा आएका नवीनतम प्रविधिको प्रयोगलाई वैधानिकता प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबारलाई सुरक्षित र व्यवस्थित तुल्याउन ल्याइएको ऐनलाई गुणस्तरीय तुल्याउन सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

सुरक्षित कारोबार ऐन, २०६३ पहिलादेखि नै कार्यान्वयनमा रहेकाले संशोधनकारुपमा आएको विधेयकमाथि सांसदको आठ समूहले २८ विषयमा संशोधन हाल्नुभएको छ । उक्त संशोधनमाथि सशोधनकर्तासगँ आजै समितिले राय, सुझाव र परामर्श लिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित