सिँजामा ५ महिना बन्द भएको हाट बजार पुन बैशाख १ गतेबाट सञ्चालन हुने
सिँजामा ५ महिना बन्द भएको हाट बजार पुन बैशाख १ गतेबाट सञ्चालन हुने
    • उमेश बुढा 

    • २६ चैत्र २०८०, सोमबार

जुम्ला ।

सिँजा गाउँपालिकाको नराकोट बजारमा नियमित रुपमा लाग्ने गरेको हाट बजार ५ महिना जति बन्द भएको हाट बजार फेरि बैशाख १ गते लाग्ने भएको छ ।

२०८० साल असार १० गतेबाट प्रत्येक महिनाको १ गते हाट बजार सिँजा गाउँपालिकाले लगाउँदै आएको थियो ।

त्यस पछि सफा नराकोट बजारलाई हाट बजार लगाउने भनेर पालिकाले सफा नराकोट बजार व्यवस्थापन समितिलाई जिमा दिएको सिँजा गाउँपालिका उपाध्यक्ष सिलली रोकायाले बताउनु भयो ।

बजार व्यवस्थापन समितिले भाद्र , असोज र कार्तिक महिनाको १० गते हाट बजार लगायो त्यस पछि बजार व्यवस्थापन समितिले लगाउन सकेन रोकायाले बुताइन् ।

असोज महिनाको अविरल वर्षाले गर्दा हाट बजार लगाउने स्थानमा वाढिपहिरोले गर्दा कार्यक्रम हुने स्थान तहसनहस बनाए पछि लगाउने ठाउँ नहँदा हाट बजार लगाउन नसकेको सफा नराकोट बजार व्यवस्थापन समितिका अध्यक्ष विजराम रानाले बताए ।

अब फेरि नियमित रुपमा प्रत्येक महिनाको १ गते हाट बजार लगाउने उद्यश्यले २०८१ सालको बैशाख १ गतेबाट हाट बजार लगाउने भएको रानाले बताए ।

सिँजा गाउँपालिकामा भएका अर्गानिक तरकारी , फलफूल खाद्यान्न बाली लगायत अन्य वस्तुको हाट बजारमा प्रर्दशन गरेर त्यो दिनमा वस्तुको मुल्य सस्तो शुलभ मुल्यमा कृषक र व्यापारीहरुले किन बेच गर्ने गरेका थिए ।
कला संस्कृतिलाई जोर्गेना गर्नको लागि हाट बजारमा देउडा खेलको पनि उतिकै महत्व थियो । पछिलो ५ महिनामा हाट बजार बन्द भए पछि सिँजाका नागरिक चिन्तामा परेका छन् । हाट बजार हेर्न हिमा कनकासुन्दरी गाउँपालिकाबाट पनि नागरिकहरु आउथ्ये । मंसिर , पुष , माग , फागुन र चैत महिनामा हाट बजार नहुँदा नराकोट बजारमा प्रत्येक महिनाको १ गते सुनसान भएको देखिन्छ । हाट बजार लागेको महिनामा बजारमा नागरिकको निकै चहलपहल हुन्थ्यो ।

अगामी बैशाख १ गतेका दिन नराकोट बजारमा हाट बजार लाग्ने भएको छ । अब यो हाट बजारलाई निरन्तरता दिनको लागि लागि पर्ने समितिले जनाएको छ ।

हाट बजारमा नागरिकले मनोरञ्जनका साथै उत्पादन अर्गानिक वस्तुको किनबेच गर्न पाउने छन् । तर अहिले पनि खासै हाट बजार लगाउने स्थान उपयुक्त ठाउँ छैन । बजारमा लगाउने वातावरण मिलाएर पनि हाट बजार सुचारु गरिने भएको छ ।

साताकाे चर्चित
सम्बन्धित