जुम्लामा श्रिमती र श्रिमानको एकैदिनमा मृत्यु
जुम्लामा श्रिमती र श्रिमानको एकैदिनमा मृत्यु
    • उमेश बुढा

    • २८ चैत्र २०८०, बुधबार

 जुम्ला 

सिँजा गाउँपालिका वडा नम्बर ४ भुली गाउँका आसा दमाई र कल दमाईको एकै दिनमा मृत्यु भएको छ ।

६२ वर्षीया कल दाई र ५५ वर्षीया आसा दमाईको घरमै मृत्यु भएको हो ।

यहि चैत २७ गते विहान १० बजेको समयमा आमा आसा दमाईको मृत्यु भएको र उक्त विहान १०स् ३० बजे बुवा कल दमाईको मृत्यु भएको छोरा नाता पर्ने रमेश दमाईले जानकारी बेल संचारलाई जानकारी दिनु भएको छ ।

छोराका अनुसार आमाको पाठेघरमा क्यान्सर भएर मृत्यु भएको हो भने बाबाको अलिकति शरिर सुनिएर एकासी मृत्यु भएको हो । उनले भने , आमालाई औषधी उपचार गरियो तर आर्थिक नपुरै घरमा मृत्यु भएको हो । तर बाबा भने हिड्डुल गरि रहन्थ्ये आमाको मृत्यु पश्चात् बाबाको पनि ३० मिनेट पछि मृत्यु भएको छोराले बताए ।

मृत्यकको स्थायी वसोवास सिँजा ४ भूली भएता पनि उनका पुर्ख्याउली घर सिँजा २ विष्टवाड रहेको छ । उनि दुबै दम्पती विष्डवडा घरमै मृत्यु भएको हो ।

मृतक श्रिमानश्रिमतीको आफ्नो हिन्दु धर्म अनुसार रनुखान नजिकै पर्ने हिमा नदीमा बुधबार दाहसंस्कार गरिने पनि मृतकका परिवारले बताएका छन् ।

यसरी आमाबाबा एकै दिन गुमाउँदा परिवार , इस्टमित्र , आफन्तजन र शुभचिन्तकहरु भने शोकमा परेको छ ।

साताकाे चर्चित
सम्बन्धित