जुम्ला कनकासुन्दरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
जुम्ला कनकासुन्दरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
    • उमेश बुढा

    • ३० चैत्र २०८०, शुक्रबार

 जुम्ला ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ लुड्कु डाँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

वडा नम्बर ४ को हाटसिँजाबाट गोठिज्युला तर्फ आउदै गरेको लु ५ त १४६० नम्बरको ट्याक्टर विहान साढे १० बजे दुर्घटना भएको हो ।

मृत्युु हुनेमा सल्यान जिल्ला त्रिवेणी गाउँपालिका ४ का अन्दाजी २५ वर्षका बस्नत र्याउलेको घटना स्थलबाट उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिदै गर्दा मृत्यु भएको वडा नम्बर ५ का वडा अध्यक्ष बिष्णु वडुवालले जानकारी दिनु भयो ।

कर्णाली राजमार्गको नाग्म गमगढी सड्क खण्डको गोठिज्युला हाटसिँजामा सड्कमै ग्राबेल गर्न लागेको ट्याक्टरले मिक्चर बोकेर ल्याएको र लुड्कू डाँडाको ओरालो बाटोबाट दुर्घटना हुँदा सड्कको तल खेतवारीमा करिब एक सय मिटर तल खसेका छ ।

ट्याक्टर के कसरी दुर्घटना भएको हो भने बारे खुल्न सकेको छैन ।

साताकाे चर्चित
सम्बन्धित