कनकासुन्दरीको लासी पाटन खेलमैदानको अवलोकन गरे मन्त्री श्रेष्ठले
कनकासुन्दरीको लासी पाटन खेलमैदानको अवलोकन गरे मन्त्री श्रेष्ठले
    • उमेश बुढा

    • २ बैशाख २०८१, आईतवार

जुम्ला ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले कनकासुन्दरीको लासि पाटन खेलमैदानको अवलोकन गरेका छन् ।

कनकासुन्दरी ५ मा रहेको खेलमैदान हिमा नदीका काखमा रहेको छ । मन्त्री श्रेष्ठ खेलमैदानमै पुगेर हेर्नु भएको हो ।

हरेक खेलको लागि उपयुक्त खेल मैदान छ । तर यसको लम्बाई ठिक छ , चौडाइ भने पुगेको छैन ।

यहाँ खेलकुद आसपासको निजि जग्गा खेलमैदानको नाममा ल्याउनु होस् र डिपिआर गरेर मलाई दिनु म बजेट हाल्नलाई तयार भएको मन्त्री श्रेष्ठले बताउनु भयो ।

वडा नम्बर ५ लुड्कु गाउँको जग्गा पर्छ , जग्गा खेलमैदानको नाममा ल्याउनलाई पर्यास गर्ने छु , सोही वडा अध्यक्ष बिष्णु बडुवालले बताए ।

मन्त्रीसँग संघकी माननीय बिनिता कठायत पनि खेलमैदानमा पुग्नु भएको थियो । मन्त्री र माननीयलाई कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर प्रसादले अविर र फुलमालाले स्वागत गरेका थिए ।

त्यस पछि कनकासुन्दरी माध्यमिक विद्यालय लुड्कुले पनि मन्त्री श्रेष्ठ र माननीयलाई पनि स्वागत गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित