सिँजामा करिब ३ हजार नागरिकले निशुल्क स्वास्थ्य सेवा लिए
सिँजामा करिब ३ हजार नागरिकले निशुल्क स्वास्थ्य सेवा लिए
    • उमेश बुढा

    • २० बैशाख २०८१, बिहीबार

 

जुम्ला ।

ब्रिटिश गोर्खाज् नेपालद्वारा निशुल्क स्वास्थ्य शिविरमा सिँजा गाउँपालिकाका करिब ३ हजार नागरिकले स्वास्थ्य सेवा पाएका छन् ।
ब्रिटिश गोर्खाज् नेपालद्वारा निशुल्क स्वास्थ्य शिविर सिँजा गाउँपालिकाको फुटाशिली आधारभूत विद्यालय धिताललिहीमा बैशाख १५ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको थियो ।

उक्त शिविरको समन्वय तथा सहजीकरण सिँजा गाउँपालिकाले गरेको थियो । भने आयोजकको रुपमा कादुरी एग्रिकल्चर एण्ड एसोशियन पोखरा १६ कास्की रहेको थियो ।

 


उक्त शिविरमा २ हजार , ३ सय ४९ बिरामीले नाम दर्ता गरेको जसमा महिला १ हजार , ४ सय ४८ र पुरुष ९ सय , १ रहेको सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिनु भयो ।

प्रयोगशाला सेवाको लागि महिला १ सय १ , पुरुष ८६ जना , महिला जाँच उपचार गर्नेहरु रिंङ राख्ने ७ जना , भिआइएमा ५५ जना महिलाहरुले जाँच तथा उपचार गराएकी प्रखुख रोकायाले बताए ।

उनका अनुसार महिला ७१ जना , पुरुष ९४ जनाले इसिजी मुटुको जाँच गराएको र ओपिटी बहिरंगमा महिला ७ सय ३६ जना र पुरुष १ सय ३६ जना रहेको , आँखाको लागि पुरुष ४ सय ४८ जना , महिला १ हजार १ सय १० , ओपेरेशन पुरुष २९ जना , महिला ३४ जना , चस्माको लागि ४ सय ११ पुरुष , ८ सय ६९ महिला , दाँतको लागि पुरुष २ सय २८ जना , महिला ३ सय ८८ जना , निकाल्ने ५ सय ३४ जना एआरटी २७ जना सफा गर्ने १ सय २० जनाले स्वास्थ्य सम्बन्धि निशुल्क चेक जाँच गर्नुका साथै विभिन्न सेवा लिएको रोकायाले बताए ।

सिपमुलक तालिमको लागि आवेदन दिने १ सय ७१ जना रहेका छन् ।

सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालका अनुसार सिँजामा धेरै पटक शिविर सञ्चालन भए तर यो पटकको शिविरमा सिँजा गाउँपालिकाका नागरिक मात्र नभई हिमा र कनकासुन्दरी गाउँपालिकाबाट पनि शिविरमा आएर स्वास्थ्य सेवा लिएको बताए ।

जान र आउनेहरुको शिविरमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बाटोमा बिरामीको निकै चाप रहेको थियो । सिँजामा यो पटकको शिविरमा बिरामीको भिड्भाड रहेको थियो ।

महिला सम्बन्धि सम्पुर्ण रोकको चेकजाँच , उपचार शिविरले गरेको थियो । आँखा चेकजाँच गरिनुका साथै शल्यक्रिया पनि गरेका थिए । दाँत निकाल्ने लगायतका निशुल्क रुपमा उपचार बिरामीले गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित