हेटौँडा कला महोत्सव जेठमा   
हेटौँडा कला महोत्सव जेठमा   
    • Bell Sanchar

    • २५ बैशाख २०८१, मंगलवार

काठमाडौँ

कला क्षेत्रको महत्व बुझाउने उद्देश्यले आगामी जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने भएको छ । स्यार्टडे प्लेन आर्टको आयोजना हुने महोत्सवको संरक्षकमा बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय हुने काठमाडौँमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

आयोजक प्रमुख दिवेस प्रधानका अनुसार हेटौँडा महोत्सवमा स्थानीयसहित करिब ५० कलाकारको सहभागिता हुनेछ । आगामी जेठ ३ देखि जेठ ५ गतेसम्म आयोजना हुने महोत्वसमा खुलास्थल चित्रकला कार्यशाला, कलासम्बन्धी संवाद, वरिष्ठ कलाकारको सम्मान, कलाकै विषयमा कार्यपत्र प्रस्तुतिलगायतका गतिविधि हुनेछन् ।

प्रधानका अनुसार प्रादेशिक राजधानी हेटौँडामा एउटा पनि कला प्रदर्शनी गर्ने ग्यालरी छैन । यस्तो अवस्थामा कला र संस्कृतिप्रतिको जागरण फैल्याउन आवश्यक भएकाले महोत्सव गर्न लागिएको उहाँको भनाइ छ । महोत्सवमा कूल बिक्रीको ५० प्रतिशत रकम मानव सेवा समाजलाई सहयोग गरिने जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित