विपत् व्यवस्थापन अभ्यास हातेमालो  
विपत् व्यवस्थापन अभ्यास हातेमालो  
    • Bell Sanchar

    • २ जेष्ठ २०८१, बुधबार

विराटनगर

कोसी प्रदेशका विनाविभागीय मन्त्री रामबहादुर मगरले विपत्को जोखिमलाई न्यूनीकरण गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनका विषयमा आजदेखि यहाँ सुरु भएको तीनदिने ‘कोसी प्रदेश विपत् जोखिम न्यूनीकरण र व्यवस्थापन अभ्यास हातेमालो–६’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले विपत् न्यूनीकरणमा सबै एकजुट भएकर लाग्नुपर्ने बताउनुभयो । उहाँले यस किसिमको अभ्यासले विपत् व्यवस्थापनमा ठूलो मद्दत पुग्ने भन्दै विपत् व्यवस्थापनमा आवश्यक पर्ने साधन र स्रोतको प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

खासगरी मनसुनमा बाढी, पहिरो भूक्षय र सुक्खा मौसममा हुने आगलागीका घटनामा धेरै जनधनको क्षति हुने गरेकाले यस किसिमको क्षति हुन नदिन यो अभ्यासले सहयोग गर्ने भन्दै मन्त्री रानाले सुक्खा मौसममा यस वर्ष प्रदेशमा आगलागीका दुई सय ४६ वटा घटना भएको जानकारी दिनुभयो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी तथा विभित्र सङ्घसंस्थाले एकीकृत ढङ्गले विपत् व्यवस्थापनमा देखाएको सक्रियता सराहनीय रहेको भन्दै उहाँले कोसीमा हुने विपत् र यसक पूर्वतयारीका लागि साझा प्रसाय र समझदारी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पृतना हेडक्वाटर इटहरीका प्रमुख सेनानी सुवेश कायस्थले उक्त अभ्यासमा विपत्सम्बन्धी सूचना, प्रतिकारात्मक क्षमता अभिवृद्धि र तीनै तहका सरकारबीच आपसी समन्वय र सरकारका नीतिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सोही कार्यक्रममा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका उपसचिव गोमा चेम्जोङले विद्यमान विपत् प्रतिकार्यको कार्य ढाँचा, विपत् जोखिम न्यूनीकरण नीति र राष्ट्रिय रणनीतिक कार्ययोजनाको समीक्षा गर्नाका साथै प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिका रामकुमार दाहालले बाढी, पहिरो तथा डुबानको अवस्थामा प्रतिकार्य योजना, विगतले सिकाएको पाठ र सुधार गर्ने पक्षहरुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

विज्ञ प्रदीपमान डङ्गोलले वायु परिवर्तनको प्रभाव, कोसी नदी प्रणालीमा देखिएको प्राकृतिक प्रकोपको प्रवृत्ति तथा विपत् जोखिम न्यूनीकरणका लागि मार्गचित्र विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित