प्रथम सिँजा महोत्सव जेष्ठ १० गते हुने
प्रथम सिँजा महोत्सव जेष्ठ १० गते हुने
    • उमेश बुढा

    • ८ जेष्ठ २०८१, मंगलवार

जुम्ला ।

बारे गाउँमा पर्ने ऐतिहाँसिक केदारनाथमा प्रथम सिँजा महोत्सव जेठ १० गते हुने भएको छ ।

मिडिया पार्टनर नेपाल फोटो पत्रकार महासंघ , सहयोग तथा साझेदारी नेपाल पर्यटन बोर्ड , सह आयोजक रोकाया फोटो भिडियो र टेक्नोलोजी सेन्टर नराकोट र आयोजक सिँजा गाउँपालिका जुम्लाको रहेको छ ।

बैशाख पुर्णिामाको अवसर पारेर सिँजा गाउँपालिकाले ऐतिहाँसिक प्रथम सिँजा महोत्सव यहि जेठ १० गते उद्घाटन हुने भएको अध्यक्ष पूर्ण प्रसाद धितालले बताए ।

सिँजा सभ्यता , मौलिक संस्कृतिकको संरक्षण र सिँजामा पर्यटन प्रर्वद्वनको विकास गर्न र कला , संस्कृतिलाई लोभ हुनबाट बचाउनको लागि यो महोत्सवको आयोजना गरेको धितालले बताए ।

सुन्दर सेरोफेरोमा रहेको केदारनाथ मन्दिरमा एकादशी देखि पुुर्णामा सम्म धर्मा लम्वीहरुको निकै भिड लाग्ने गर्छ । धितालले भने , यो पटकको पहिलो महोत्सव भएकाले जुम्लावासी सम्पुणले महोत्सवलाई भव्य सव्यका साथ सम्पन्न पार्नको लागि सबैको सरसहयोगको आवश्यकता देखिएको छ ।

पुर्खाको योगदान खसहरुको विरासत , भाषा संस्कृतिको जननी नाथहरुको नाथ भएको ऐतिहाँसिक महत्त्व बोकेको सिँजा धार्मिक एवम् साँस्कृतिकको खानी भएकै सिँजाको केदारनाथ मन्दिरमा भव्यरुपमा ऐतिहासिक प्रथम सिँजा महोत्सव लाग्ने भएको छ ।

उक्त महोत्सवमा स्थानीय मागल , झोडा , चुटकिला देउडा , ठाडिभाका नाचगान लगायतको रमञ्चकारी कला प्रतिभा देखाइने भएको छ ।

साताकाे चर्चित
सम्बन्धित