हिमाली पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण संवेदनशील छन्’   
हिमाली पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण संवेदनशील छन्’   
    • Bell Sanchar

    • ९ जेष्ठ २०८१, बुधबार

काठमाडौँ

जलवायु विषयका जानकारहरुले हिमाली पारिस्थितिकीय प्रणाली हालैका वर्षहरुमा जलवायु परिवर्तनका प्रभावप्रति विशेषरूपमा संवेदनशील रहेको उल्लेख गर्नुभएको छ ।

आजदेखि यहाँ सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को पहिलो सत्रका वक्ताहरुले अन्य स्थलीय बासस्थानभन्दा हिमालमा छिटो दरमा जलवायुका कारण प्रभावित भइरहेका तथ्य पेस गर्नुभयो । उक्त सत्रमा बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरी, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहाका लागि सहायक निकाय (साब्टा)का अध्यक्ष ह्यारी भिरेउ, किर्गिस्थानका पर्वतीय मुद्दाहरूमा राष्ट्रपतिका पूर्वविशेष दूत नुर्लान आइटमुजाइभ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

यसैगरी यस सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ मुख्य वक्ताका रुपमा हुनुहुन्थ्यो भने यस सत्रको सञ्चालन जलवायुविज्ञ मन्जित ढकालले गर्नुभएको थियो । विश्वको ४० प्रतिशत जनसङ्ख्या अप्रत्यक्ष रूपमा पिउने पानी, कृषि, जैविक विविधता र जलविद्युत्का लागि हिमाली स्रोतहरूमा निर्भर छ, जुन विश्व तापमानमा वृद्धिका कारण गुम्न सक्छ ।

हिमपहिरो र पहिरोजस्ता चरम घटनाहरू सामान्य हुँदै गएकाले जलवायु परिवर्तनले खतराहरूको जोखिम बढाउने सम्भावना पनि छ । नीति निर्माता, वैज्ञानिक, व्यवसायी र नागरिक समाजका संस्थाहरूलाई एकसाथ ल्याएर हिमालमा जलवायु परिवर्तनसम्बन्धी विज्ञान र प्रमाणसम्बन्धी सूचना र ज्ञानको आदानप्रदानलाई प्रवद्र्धन गर्न यो सत्रको आयोजना गरिएको हो ।

साताकाे चर्चित
सम्बन्धित