काठमाडौँसँग ललितपुर पराजित  
काठमाडौँसँग ललितपुर पराजित  
    • Bell Sanchar

    • १६ जेष्ठ २०८१, बुधबार

काठमाडौँ

एनसिसी एस महिला तथा पुरुष ट्वान्टी–२० क्रिकेट प्रतियोगिताअन्र्तगत महिलातर्फको खेलमा काठमाडौँ ललितपुरलाई पराजित गर्दै विजयी भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ ललितपुरलाई ३१ रनले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९९ रनमा समेटियो । ललितपुरका लागि याशु पाण्डेले सर्वाधिक ३५ रनको योगदान दिइन भने रेखा तामाङले अविजित १६ रन बनाइन् । त्यस्तै साविका यादवले १६ रन बनाइन् ।

काठमाडौँका लागि संस्कृति फुयाल, विपिशा शाही र एली यादवले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौँले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ३० रनको योगफल बनाएको थियो । काठमाडौँका लागि अस्मिता खरेलले सर्वाधिक ३७ रनको योगदान दिइन् ।

यसैगरी कञ्चन श्रेष्ठले ३६ तथा एली यादवले अविजित १८ रन बनाइन् । ललितपुरका लागि मनिषा उपाध्याय र सम्भाव्या ढकालले समान एक÷एक विकेट लिए । मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा भोलि भक्तपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित