मन्त्रीद्वय गुरुङ र देवकोटाद्वारा शपथ   
    मन्त्रीद्वय गुरुङ र देवकोटाद्वारा शपथ   
    • Bell Sanchar

    • २९ जेष्ठ २०८१, मंगलवार

गण्डकी, 

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँले यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

सो समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो ।

साताकाे चर्चित
सम्बन्धित