माङसेबुङमा व्यावसायिक वनतरुलखेती सुरु, तीन वर्षपछि उत्पादन अपेक्षा 
माङसेबुङमा व्यावसायिक वनतरुलखेती सुरु, तीन वर्षपछि उत्पादन अपेक्षा 
    • बेल संचार

    • १० चैत्र २०८१, आईतवार

इलाम ।

अन्न उब्जनी नहुने इलामको माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेमा १४ रोपनी भिरालो जमिनमा व्यावसायिक वनतरुलखेती सुरु गरिएको छ। हात्तीढुङ्गे टोलका १३ जना कृषकले समूह गठन गरी व्यावसायिक खेती थालनी गरेका हुन्।

हात्तीढुङ्गे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार, वार्षिक रु २५ हजार भाडा तिर्ने गरी भिरालो जग्गामा वनतरुलखेती सुरु गरिएको हो। माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूलखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत समूहलाई रु १ लाख सहयोग उपलब्ध गराएको छ।

कृषक समूहले वनतरुलसँगै गिठा र भ्याकुरको समेत खेती सुरु गरेको छ। हाल समूहले १६ हजार बोट वनतरुल, ४५० बोट भ्याकुर र १५० बोट गिठा हुर्काइरहेको छ। वनतरुल तीन वर्षपछि उत्पादन हुने अपेक्षा गरिएको छ।

खेती विस्तारका लागि बीउ जंगलबाट संकलन गरिन्छ। गहिरो खाल्डो खनेर प्रशस्त मल राखेपछि पटक–पटक रेखदेख गर्नु नपर्ने भएकाले वनतरुलखेती अन्य खेतीभन्दा सजिलो भएको कृषकहरूको भनाइ छ।

साताकाे चर्चित
सम्बन्धित