काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्।
आज बिहान धुम्बाराहीस्थित निवासमा पुगेर उनले सभापति देउवासँग भेटवार्ता गरेकी हुन्।
भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ।
साथै सभापति देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यबादसमेत दिएका थिए।