मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल र आवश्यक निर्णय लिन सत्ता साझेदार दलको बैठक आह्वान
मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल र आवश्यक निर्णय लिन सत्ता साझेदार दलको बैठक आह्वान
    • Bell Sanchar

    • १४ चैत्र २०७९, मंगलवार

काठमाडौं ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल र आवश्यक निर्णय लिन सत्ता साझेदार दलको बैठक आह्वान भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न ४ बजेका लागि सत्ता साझेदार दलको बैठक आह्वान भएको हो ।

१० दल सम्मिलित उक्त दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गरेर आवश्यक निर्णय लिने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन निरन्तर छलफल गर्दै आएका छन् । तर, साझेदार दलभित्र सहमति जुटिनसकेकाले ढिलाइ हुँदै आएको छ ।

यसअघि सोमबार बिहान बालुवाटारमै तीन दलका शीर्ष नेताबीच छलफल भएको हो ।

प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भएको उक्त छलफलमा भागबण्डाबारे मोटामोटी सहमति भएको बताइएको छ।

सोही सहमतिअनुसार आजको बैठकमा छलफल हुने बताइएको छ।

साताकाे चर्चित
सम्बन्धित