यो भाग्यमानीले मात्र देख्ने दुर्लभ जिउदो शंख
यो भाग्यमानीले मात्र देख्ने दुर्लभ जिउदो शंख
    • Bell Sanchar

    • २५ भाद्र २०७८, शुक्रबार

हाम्रो जन्म र मृत्यु कसको खटनमा हुन्छ ? कोही त पक्कै छ यो व्यबस्था मिलाउने । हो त्यो अदृष्य शक्तिलाई हामी इश्वर, देवता, अल्लाह, भगवान अनेक नामले पुकार्छौ । त्यही विश्वासमा इश्वर्य शक्ति छैन भन्ने कुरामा भित्र मनबाट सोच्दा कसैमा छैनन । आज हामी त्यस्तै एक शक्तिको बारेमा कुरा गर्दैछौ ।

दैवी शक्तिबाट दाहिने शंखको उत्पती हुने विश्वास गरिन्छ । यो अति नै दुर्लभ छ । यो दुर्लभ दाहिने शंखलाई देख्दामात्रपनि गुड लक हुने, भाग्य चम्किएका उदाहरणहरु धेरै छन् । यसैले यसको दर्शन गरि यसको महत्व जानी शेयर गर्नुहोला जिवनमा धन, सम्पती र खुसी पाउँनुहुनेछ ।

तपाईलाई सुनेर अचम्म लाग्न सक्छ कि संसारमा ५० हजार भन्दा धेरै प्रकारका शंख पाइन्छ । त्यहि ५० हजार मध्यमा कुनै प्रकारको शंख तपाईको घरमा हुन सक्छ। ती शंख मध्य केहि शंखका बारेमा आज हामी यहाँ चर्चा गर्नेछौं । यहाँ राखिएको यी मध्येको दाहिने शंखको तस्बिर हो । यो तस्बिरमा देख्दामात्रपनि भाग्य चम्किएका थुप्रै उदाहरणहरु छन् ।

हुन त शंख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोग गरिन्छ । यसका बारेमा त सबैंलाई जनकारी छ । जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो ।

धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ। तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ। नेपाल, भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ । यो अति नै पवित्र मानिने भएकाले हरेक पवित्र कर्ममा यसको पूजापनि गरिन्छ ।

साताकाे चर्चित
सम्बन्धित