एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सडकमा
एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सडकमा

विरोध प्रदर्शनका क्रममा महासचिव विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोला पनि सडकमा उत्रिएका थिए ।

    • Bell Sanchar

    • २९ भाद्र २०७८, मंगलवार

बेल संचार

काठमाडौं, २९ भदौ

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सडकमा उत्रिएको छ । २०७७ फागुनमा खुला राजनीतिमा फर्किएका महासचिव विप्लवको नेतृत्वमा नेकपाले पहिलो पटक काठमाडौंमा प्रदर्शन गरेको हो । विप्लवसहितका नेताहरु माइतीघरबाट प्रदर्शन गर्दै खुलामञ्च पुगेका छन् ।

विरोध प्रदर्शनका क्रममा महासचिव विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोला पनि सडकमा उत्रिएका थिए ।

 

 

साताकाे चर्चित
सम्बन्धित