संखुवासभा हत्याकाण्डमा नयाँ ट्विस्ट
संखुवासभा हत्याकाण्डमा नयाँ ट्विस्ट

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनाले नयाँ मोड लिएको छ ।

    • Bell Sanchar

    • ३१ भाद्र २०७८, बिहीबार

काठमाडौं

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनाले नयाँ मोड लिएको छ । अपराध अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरेका हत्या आरोपी लोकबहादुर कार्कीका भाई २५ वर्षीय नरेशलाई पनि नियन्त्रणमा लिएसंगैघटनामा नयाँ ट्विस्ट देखिएको छ ।

उक्त घटनामा हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हत्या आरोपमा पक्राउ परेका लोकेन्द्र कार्कीका भाई नरेश कार्कीको साथ फेला परेपछि नरेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद भएपछि घटनामा उनको संलग्नताबारे सोधपुछ सुरु गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट हत्या लगत्तै नरेश रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको देखिएको प्रहरीको दाबी छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

हत्यापछि संखुवासभा पुगेका केन्द्रीय अनुःसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र संखुवासभाका डिएसपी लालध्वज सुवेदीसहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित