राष्ट्रपति पदमा बक्सिङ खेलाडी मेनीको उम्मेदवारी
राष्ट्रपति पदमा बक्सिङ खेलाडी मेनीको उम्मेदवारी

फिलिपिन्सको राष्ट्रपति पदका लागि विश्वचर्चित फिलिपिनो बक्सर मेनी प्याक्याउले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    • Bell Sanchar

    • ५ आश्विन २०७८, मंगलवार

एजेन्सी

फिलिपिन्सको राष्ट्रपति पदका लागि विश्वचर्चित फिलिपिनो बक्सर मेनी प्याक्याउले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बक्सर मेनीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । मेनीले सत्तारुढ दल पीडीपी–लाबानबाट राष्ट्रपति निर्वाचनमा भाग लिनेछन् ।

४२ वर्षीय मेनी फिलिपिन्सको संसद्को सिनेटर रहेका छन् । ADVERTISEMENT उनले गरिबी र भ्रष्टाचारविरोधी अभियान चलाउने बताइएको छ । मेनी फिलिपिन्समा लोकप्रिय व्यक्तित्व मानिन्छ । खेल क्षेत्रमा उनको नाम उच्च स्थानमा रहेको छ । उनी बक्सिङको फरक–फरक आठ तौल समूहको उपाधि जित्ने अहिलेसम्मका एक मात्र खेलाडी हुन् ।

साताकाे चर्चित
सम्बन्धित