भरतपुरमा म्याजिकको ठक्करबाट नारायणी पाइप फ्याक्ट्रीका एकाउन्टेन्टको ज्यान गयो
भरतपुरमा म्याजिकको ठक्करबाट नारायणी पाइप फ्याक्ट्रीका एकाउन्टेन्टको ज्यान गयो

भरतपुरमा म्याजिकको ठक्करबाट नारायणी पाइप फ्याक्ट्रीका एकाउन्टेन्टको ज्यान गयो

    • Bell Sanchar

    • ६ आश्विन २०७८, बुधबार

चितवन, 

भरतपुरमा म्याजिकको ठक्करबाट बसेनीमा रहेको नारायणी पाइप फ्याक्ट्रीका एकाउन्टेन्ट टेकबहादुर बानियाको ज्यान गएको छ ।

बाइकमा नारायणगढ जाँदै गरेका ५० वर्षीय बानियालाई वीरेन्द्र क्याम्पस अगाडि भदौं ९ गते म्याजिक भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई चितवन मेडिकल कलेजले ग्रयाण्डी अस्पताल रिफर गरेको थियो । हेलिकप्टर चार्टर गरेर ग्रयाण्डी लगिएको उनको उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो ।

उनका दाजु खड्का बानियाले बेल सञ्चार लाई जानकारी दिए अनुसार गम्भीर घाइते उनको भाइको करङ भाँचिएर फोक्सोमा इन्फेक्सन भएपछि मृत्यु भएको हो । भरतपुर महानगरपालिका–११ बसेनीको मृगकुञ्ज टोलका बानिया नारायणी पाइप फ्याक्ट्रीका एकाउन्टेन्ट थिए । माओवादी केन्द्रको राजनीतिमा पनि सक्रिय उनी ‘बानिया कान्छा ’ को नाममा बसेनी क्षेत्रमा लोकप्रिय थिए । उनको एक छोरा, एक छोरी र श्रीमती रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित