चोलेन्द्र शमशेरलाई एकाबिहानै थपियो फेरी तनाव, एमाले नेताले खोलिदिए अर्को पोल
चोलेन्द्र शमशेरलाई एकाबिहानै थपियो फेरी तनाव, एमाले नेताले खोलिदिए अर्को पोल
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

नेकपा एमालेका नेता विदेश विभाग उपप्रमुख विष्ण रिजालले सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नियत माथी गम्भिर प्रश्न उठाएका
छन् ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीको सरकार माथी किन आक्रमण भएको रहेछ, अहिले पनि किन मन्त्री परिषद विस्तार हुन नसकेको भन्ने कुरा प्रष्ट भएको पनि रिजालले बताएका छन् । मन्त्रीको भाग नदिएकै कारण केपी ओलीले विस्तार गरेको मन्त्रीपरिषदनै राणाले खारेज गरेको आरोप पनि रिजाललले लगाएका
छन् ।

सामाजिक संजाल मार्फत आफ्नो धाराणा सार्वजनिक गर्दै एमाले नेता रिजालले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले भाग खोजेर अति नै गरे पछि गठबन्धन भित्रैकै नेताले मिडियामा समाचार दिएको हुन सक्ने अनुमान पनि रिजालले गरेका छन् ।

एमाले नेता रिजालले आफ्नो समाजिक संजालमा यस्तो लेखेका छन् मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको नैसर्गिक अधिकार अतिक्रमण गर्दै अदालतबाट केपी ओलीमाथि किन आक्रमण भएको रहेछ र परमादेशबाट उहाँलाई हटाएर शेरबहादुर देउवालाई किन प्रम बनाइएको रहेछ भन्ने कुरा त प्रधानन्यायाधीशले हाकाहाकी मन्त्रिमण्डलमा भागवण्डा मागेको समाचार सार्वजनिक भएबाट प्रस्ट भएन र ?

आफूले भनेका मान्छेलाई मन्त्री नबनाएको बदलामा प्रधानन्यायाधीशले मन्त्रिपरिषद् विस्तारलाई नै खारेज गर्दा आनन्द लिनेहरुलाई अहिले ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने…. भएको हुनुपर्छ । सायद, अति भएरै होला, गठबन्धनका नेताहरुले प्रधानन्यायाधीशबाट मन्त्रीमा भागवण्डा मागिएको समाचार मिडियामा ‘लिकु गर्नुभएको छ ।

जसले थाहा पाउनुभएको थिएन, उहाँहरुलाई त यो समाचार नयाँ नै छ । तर, अदालतबाट किन यस्तो अस्वाभाविक फैसला आयो भनेर थाहा पाउने हामीहरुका लागि चाहिँ अस्वाभाविक होइन ।

साताकाे चर्चित
सम्बन्धित