किशिदा नेतृत्वको मन्त्रीपरिषद्प्रतिको समर्थन दर ५५ प्रतिशत
किशिदा नेतृत्वको मन्त्रीपरिषद्प्रतिको समर्थन दर ५५ प्रतिशत
    • Bell Sanchar

    • २० आश्विन २०७८, बुधबार

जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किशिदाले भर्खरै गठन गरेको मन्त्री परिषद्प्रतिको समर्थन दर ५५ प्रतिशत रहेको छ । क्योदो न्यूजले सोमबार सार्वजनिक गरेको सर्वेक्षण नतिजाले यस्तो देखाएको हो ।सर्वेक्षणअनुसार सरकारप्रतिको असहमति दर भने २३ दशमलव ७ प्रतिशत रहेको छ । यो अघिल्लो प्रधानमन्त्री योशिहिदे सुगाको नेतृत्वको गएको सेप्टेम्बरमा सरकार गठन हुँदा सो सरकारप्रतिको समर्थन दर भन्दा निकै कम हो । त्यति बेला सुगा नेतृत्वको सरकारलाई समर्थन गर्नेको संख्या ६६ दशमलव ४ प्रतिशत थियो ।                                                                 किशिदालाई संसदको दुबै सदनले प्रधानमन्त्रीको रुपमा अनुमोदन गरेको दुई दिनपछि क्योदोले देशव्यापी टेलिफोन सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागी ४६ प्रतिशत किशिदाको आर्थिक नीतिप्रति आशावादी देखिएका छन् । ४६ प्रतिशतलाई भने उनको नीतिबाट कुनै पनि आशा छैन ।सहभागी मध्ये ६९ प्रतिशतको चाहना उनको नीति पूर्ववर्ती प्रधानमन्त्रीहरु सिञ्जो आबे र सुगाको भन्दा फरक होस् भन्ने छ ।                                                   किशिदाले मंगलबारदेखि प्रधानमन्त्रीको रुपमा काम थालेका छन् । उनले गठन गरेको २० सदस्यीय मन्त्रीमन्डलमा १३ जना नयाँ अनुहार छन् ।

साताकाे चर्चित
सम्बन्धित