उडिरहेको विमान अनियन्त्रित भएर बिल्डिङमाथि खस्यो, अर्बपति व्यापारीसहित सबै यात्रुको मृत्यु
उडिरहेको विमान अनियन्त्रित भएर बिल्डिङमाथि खस्यो, अर्बपति व्यापारीसहित सबै यात्रुको मृत्यु
    • Bell Sanchar

    • २० आश्विन २०७८, बुधबार

काठमाडौं। रोमानियाका सबैभन्दा धनी व्यक्तिहरुमध्ये एक ड्यान पेत्रेस्कु र उनको परिवारको विमान दुर्घटनामा मृत्यु भएको छ । आफ्ना ३० वर्षका छोरा ड्यान स्टिफन पेत्रेस्कु, उनकी पत्नी रेजिना पेत्रेस्कु र परिवारका मित्रहरुको साथमा उनी यात्रामा थिए । पेत्रेस्कु इटालियन मूलका व्यवसायी थिए । उनकी पत्नी र आमा फ्रेन्च मूलका थिए । विमानमा उनका छोराका ३६ वर्षीय क्यानडाली साथी जुलियन ब्रोसार्ड पनि थिए ।                                         उनीहरुको विमान पारिवारिक बंगलामा पेत्रेस्कुकी ९८ वर्षकी आमालाई भेट्नको लागि सार्डिनिया जाँदै थियो । पेत्रेस्कु एक प्रमुख निर्माण फर्कको नेतृत्व गर्थे र कैयौं हाइपरमार्केट र मलका मालिक थिए । उनीसँग जर्मनीको पनि नागरिकता थियो । रोमानियाली अखबार एडवरुलका अनुसार पेत्रेस्कुको कूल सम्पत्ति ३ अर्ब युरोभन्दा धेरै थियो ।विमान दुर्घटना भएर एउटा बिल्डिङसँग ठोक्किएपछि अग्नी नियन्त्रकका गाडी घटनास्थल पुगेका थिए तर, पाइलट र सबै यात्रुहरुको घटनास्थलमै मृत्यु भइसकेको थियो । .  प्रत्यक्षदर्शीहरुका अनुसार विमान आकाशबाट बिल्डिङमा खसेपछि आगोको गोला र धुवाँको बादल बनेको थियो ।              आपतकालीन सेवा विभागका कर्मचारीहरुका अनुसार विमान दुर्घटना भएपछि नजिकै रहेको कार पार्किङमा राखिएका थुप्रै कारहरुमा पनि आगो लाग्यो ।दुर्घटना भएको विमान पिलाटर पिसी १२ सिंगल इन्जिन विमान थियो । यो विमान स्थानीय समयअनुसार १ बजेर ४ मिनेटमा लिनेट हवाइ अड्डाबाट उडेको थियो । उडेको ११ मिनेटमै विमान दुर्घटना भएको थियो । विमानको ब्ल्याक बक्स बरामद गरिएको छ र अधिकारहिरुले घटनाको जाँच गरिरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित